आउँदो निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्छ : अध्यक्ष ठाकुर
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले आउFदो स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन ।
मंगलवार जनकपुरधाम आएका अध्यक्ष ठाकुरले विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, 'आउँदो चुनावमा एमालेसँग स्थानीय स्तरमा आवश्यकताअनुसार छलफलपछि तालमेल र गठबन्धन हुन सक्छ तर अहिलेसम्म सो सम्बन्धमा निर्णय भएको छैन ।'
एमालेसँग लोसपाको गठबन्धन हुने चर्चा रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष ठाकुरले स्थानीय स्तरमा एमाले मात्र नभई कुनैपनि दलसँग आवश्यकता अनुसार तालमेल हुन सक्ने बताएका छन् । उनले भने, 'तर गठबन्धनमै जाने भन्ने निर्णय भएको छैन । यदि जानै परयो भने कार्यकारिणी समितिको बैठकबाट निर्णय भएपछि मात्र जाने हो, तर यस सम्बन्धमा पार्टी भित्र कुनै छलफल भएको छैन ।'
उनले थप्दै भने, 'बढीभन्दा बढी स्थानीय तहमा सिट जित्न जहाँ हाम्रो उम्मेदवार हुँदैन त्यहाँ हामीले एमाले वा अन्य दललाई सहयोग गर्नेछौं र जहाँ मेरो उम्मेदवार जित्ने सम्भावना त्यहाँ अर्को दलसँग समन्वय गरेर अघि बढनेछौं ।' अध्यक्ष ठाकुर र उनीसँगै आएका नेता शरतसिंह भण्डारीलाई समेत स्वागत गर्न सयौं नेता कार्यकर्ताहरु विमान स्थल पुगेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया