राजनीति

प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दामा आज पनि सुनुवाइ

इकागज |
माघ ६, २०७७ मंगलबार ८:१० बजे

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि मंगलबार पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि संवैधानिक इजलासमा शुरु भएको मुध्दामा आज मंगलबार पनि सुनुवाई हुन लागेको हो ।

यसअघि सोमबार अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका थिए । बहसमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका थिए । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए । 


त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए । प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । रिट दर्ता भएको एक महिनामा यस मुद्दाको सुनुवाई संवैधानिक इजलासमा गर्ने कि वृह्तपूर्ण इजलासमा गर्ने भन्ने बहस भएको थियो ।

गएको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संवैधानिक इजलासमै बहस गर्ने आदेश दिएका थिए । 


Author

थप समाचार
x