राजनीति

संवैधानिक इजलासले सोध्यो-

‘प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भएको छ कि छैन ?’

इकागज |
माघ ८, २०७७ बिहीबार १५:२२ बजे

काठमाडौँ : सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन महान्यायाधीवक्ता कार्यालयलाई भनेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भएको छ कि छैन भन्दै प्रश्न उठाएका थिए ।

बहसका क्रममा उनले प्रतिनिधि सभा विघटन भएको राष्ट्रपतिको सुचना बाहेक राजपत्रमा नदेखेको भन्दै वास्तविक जानकारी उपलब्ध गराउन माग गरेका थिए । लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटन बारेको सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन महान्यायाधिवक्ताको कार्यालयलाई भनेका हुन् ।


पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । अधिवक्ता अर्यालले प्रतिनिधि सभा विघटन भएको सूचना आफूले राजपत्रमा नदेखेको भन्दै प्रश्न उठाएका थिए । 


Author

थप समाचार
x