राजनीति

प्रधानमन्त्रीको पत्रकारलाई प्रश्‍न : तपाईंको बुवा किसान भएर हलो जोत्‍नु हुन्थ्यो, तपाईं किन पत्रकार बन्‍नुभयो ?

इकागज |
माघ १९, २०७७ सोमबार १९:१ बजे

धनुषा : प्रधानमन्त्री केपी शर्मा ओलीले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा संघीय सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित सबस्टेशनहरुको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे । 

उनले भने, ‘पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईंको बुवा किसान भएर हलो जोत्‍नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्‍नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।’ 
    



Author

थप समाचार
x