राजनीति

म्यानमारको सैनिक ‘कू’बारे नेपाल बोल्यो

गिरफ्तार गरिएका सम्पूर्णलाई तुरुन्त रिहाई गर : नेपाल

इकागज |
माघ १९, २०७७ सोमबार २१:२७ बजे

काठमाडौँ : म्यानमारमा भएको सैनिक ‘कू’ र नेताहरूको गिरफ्तारीलाई लिएर नेपाल सरकार बोलेको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालीरहेको उल्लेख गरेको छ । 

म्यानमारका नागरिकको इच्छा र भावना अनुरुप सबै दलहरू संलग्‍न रहेको लोकतान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास लिएको पनि नेपाल सरकारले जारी गरेको विज्ञप्ति उल्लेख छ । 


राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीलगायत नेताहरूका गिरफ्तारीमा चासो राख्दै गिरफ्तार गरिएका सम्पूर्णको तुरुन्त रिहाईको आह्वान समेत नेपाल सरकारले गरेको छ ।


Author

थप समाचार
x