राजनीति

आम हड्ताल गर्न दाहाल-नेपाल समूहले तोक्यो कमाण्डर (सूचीसहित)

इकागज |
माघ २१, २०७७ बुधबार २०:३५ बजे

फाइल तस्बिर

काठमाडौँ  : बिहीबार नेकपाको दाहाल-नेपाल समूहले देशव्यापी आमहड्ताल आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल नेपाल समूहले आमहड्ताल आह्वान गरेको जनाएको छ ।  

दाहाल नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौँका मुख्य स्थानका लागि कमाण्डर नै तोकेको छ ।  यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो ।   त्यस्तै गृहमन्त्रालयले भने हड्ताल नगर्न निर्देशन दिइसकेको छ ।  


को नेता कहाँ कमाण्डर ? 

कलङ्की  :  युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु : बेदुराम भुसाल 
सातदोबाटो : देव गुरुङ 
पुल्चोक : पम्फा भुसाल 
कोटेश्‍वर : लीलामणि पोखरेल 
चाबहिल : वर्षमान पुन र हरिबोल गजुरेल 
 नारायणगोपालचोक महाराजगञ्‍ज :  शक्ति बस्‍नेत
 गोंगबु : भीम रावल 
 बालाजु : रघुजी पन्त 
 रत्‍नपार्क : प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा 


Author

थप समाचार
x