राजनीति

ओली समूहको युवा संघको अध्यक्षमा सिंह चयन, जेठसम्‍म मात्रै कार्यकाल

इकागज |
माघ २७, २०७७ मंगलबार ८:२२ बजे

काठमाडौँ : राष्ट्रिय युवा संघ (केपी ओली समूह) रामप्रसाद सापकोटालाई संयोजकबाट हटाएर अध्यक्षमा बचनबहादुर सिंह चयन गरेको छ । केन्द्रीय समिति बैठकले दाहाल-नेपाल समूहका सापकोटालाई हटाएर सिंहलाई अध्यक्ष बनाएको हो ।

त्यस्तै सहअध्यक्षमा किरण पौडेल चयन भएका छन् । रमेश आचार्य महासचिव, उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी र कोषाध्यक्षमा मुकेश बुढाथोकी चयन भएका छन् । त्यस्तै राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष भएका छन् ।


सिंह आउँदो जेठमा ४० वर्ष पुग्‍ने भएकाले उनको कार्यकाल करिब चार महिना मात्र हुनेछ ।


Author

थप समाचार
x