बुटवलमा २ लाख मानिस उतार्ने नेकपा ओली समूहको दाबी
बुटवल : नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभा ऐतिहासिक हुने बताएका छन् । उनले सभामा २ लाख मानिस उपस्थित हुने दाबी गरे । सभाको बारेमा जानकारी दिन बिहीबार बुटवलमा आयोजित कार्यक्रममा पोखरेलले भने ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौँ, देखाउन चाहान्छौ,’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ। जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ ।’
बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख जनता उतार्ने पोखरेलले जानकारी दिए । पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताए । उनले प्रतिनिधि सभा विघटन विवादको विषय नभई विवादको परिणाम भएको उल्लेख गरे ।
‘प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो,’ उनले भने, ‘प्रतिनिधि सभा विघटन परिस्थीतिको बाध्यताको रुपमा रहयो ।’ उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए । बुटवलको सभाको तयारीका लागि आफै सक्रिय देखिएका पोखरेलले प्रर्दशनका लागि सबै शक्ति परिचालन गर्न मातहत कमिटिहरुलाई निर्देशन दिएका छन् ।
आमसभाको पूर्वसन्धायमा र्याली
नेकपाको ओली पक्षले बुटवलमा बिहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ । ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धायमा उक्तर्याली निकालिएको हो । र्यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले रिबन काटेर मोटरसाइकल र्यालीको उद्धघाटन गरेका थिए । रुपन्देहीमा १६ वटै स्थानिय तहबाट युवाहरु सहभागी भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया