प्रदेश-२ प्रमुख पदमुक्त प्रकरण
दिपेन्द्र झा भन्छन्- 'पार्टीभित्रकै विवादको उपज हो'
काठमाडौँ : केन्द्र सरकारको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। शुक्रबार परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।
यही विषयमा प्रदेश-२का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण यो घटना घटेको प्रतिक्रिया दिएका छन्। यसमा प्रदेश २ को कुनै सम्बन्ध नरहेको उनले प्रष्ट पारे ।
हेर्नुस् इकागजसँग मुख्य न्यायाधिवक्ताको प्रतिक्रिया :
यो राजनीतिक अवस्थाको उपज हो जस्तो लाग्छ मलाई । अन्य कारण भन्दा पनि राजनीतिक कारण यस्तो भएको हो । यो नेकपाकै आन्तरिक राजनीतिक द्वन्द्व, अन्तरकलह, दुई गुटका कारण भएको देखिन्छ । यसका सहायक कारणहरू धेरै हुन सक्छन् । दुई नम्बर त स्टेबल नै छ ।
यो मामिला संघीय सरकारको हो त्यसले हामीलाई केही फरक पार्दैन । प्रदेश सरकारले ल्याएको विद्येयकको कारण होइन । यो पार्टी भित्रकै विवादको उपज हो । यो प्रदेश २ को विषय होइन संघीय सरकारको हो । उहाँ संघीय प्रतिनिधि हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया