राजनीति

प्रतिनिधिसभाको विघटन असल मनसायबाट भएको छैन : रामचन्द्र पौडेल

इकागज |
फागुन ८, २०७७ शनिबार २१:५ बजे

इनरुवा  : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको विघटन असल मनसायबाट नभएको आरोप लगाएका छन् । कांग्रेस सुनसरीले शनिबार इनरुवामा गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले प्रतिनिधि सभाको विघटन गरेर कांग्रेसले अब दुई तिहाइ बहुमत ल्याउछ भने उद्देश्यले नगरेको आरोप लगाए । 

नेता पौडेलले कांग्रेसमा पटक-पटक दुई वटा धार हुँदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गरे । 


कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन हुनु उपयुक्त नभएको बताए । उनले अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्‍नुपर्ने  बताए । 

पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि धारणा राखेका थिए ।  

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई नेता पौडेल र पार्टीका सभापति कोइरालाले फुल, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । (रासस)
 


Author

थप समाचार
x