राजनीति

सीमा नाका सञ्‍चालन गर्न सरकार गम्भीर बनोस् : खाण

इकागज |
फागुन ९, २०७७ आइतबार १८:६ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाणाले रुपन्देहीको बेलहियास्थित नेपाल-भारत सीमा नाका सञ्‍चालनका विषयमा गम्भीर बन्‍न सरकारको ध्यानाकर्षण गराएका छन् । खाणले आइतबार विज्ञप्ति जारी गर्दै सीमा नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

'सीमा नाका सञ्‍चालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सीमा नाका सुरक्षित र व्यवस्थित तवरले सञ्‍चालन गर्न सरकारसँग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरूले सिमानाका सञ्‍चालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु,' खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरूले वेलहिया स्थित नेपाल-भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्‍चालन गर्न माग गरिरहेका छन् । 

कोभिड-१९ को महामारीका कारण लामो समयदेखिको बन्दाबन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आइरहेका मजदुर ज्यादै मर्कामा परेको तथ्यलाई ख्याल गर्न पनि खाणले सरकारलाई आग्रह गरेका छन् । 


Author

थप समाचार
x