राजनीति

कम्युनिष्ट नेता लामाको निधन

इकागज |
फागुन १०, २०७७ सोमबार ६:२१ बजे

लहान : कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्‍न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । 

विसं १९९५ फागुन १४ गते जन्मिनुभएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गरेका थिए । उनी कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित थिए । 


यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे ।


Author

थप समाचार
x