राजनीति

कञ्‍चनपुर पुगेर प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन - निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्नुस्

नवराज पनेरु |
फागुन १०, २०७७ सोमबार १६:५९ बजे

फाइल तस्बिर

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्‍चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दाबी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

‘भागरथीको विभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे । तर, खोज अनुसन्धानमा सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद भन्‍ज चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नुस् । अपराधिलाई कानुनी कठघरामा उभ्याउनुस् । म प्रशासनलाई फेरी पनि निर्देशन दिन चाहन्छु ।’


कसैले कुनै प्रकारको दबाब दियो र गलत बाटो हिडाउन खोज्यो भने त्यो गलत बाटो हिड्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्रीको भनाइ छ । उनले अगाडि थपे, ‘समाजमा शान्ती सुरक्षा कायम गर्ने, पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने काम राज्यको हो । त्यो राज्यले गर्छ ।’ २०७५ साउन ११ मा कञ्‍चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन प्रहरी अझै असफल छ । आज मात्रै प्रधानमन्त्री ओली कञ्‍चनपुर पुगेका बेला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Author

थप समाचार
x