राजनीति

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

इकागज |
फागुन ११, २०७७ मगलवार ११:२६ बजे

काठमाडौँ : महान्यायाधिवक्ता अग्‍नि खरेलले राजीनामा नदिएको प्रतिक्रिया दिएका छन् । इकागजले महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको समाचार प्रकाशित गरेको थियो । समाचारलगत्तै खरेलले इकागजसँग कुराकानी गर्दै अहिले नै राजीनामा नदिने मनसाय भएको बताए ।

'मैले राजीनामा दिएको छैन् । अहिले राजीनामा दिने मनसाय छैन्' खरेलले इकागजसँग भने । समाचार प्रकाशितअघि इकागजले सम्पर्क गर्दा खरेलले फोन उठाएका थिएनन् ।


सर्वोच्‍च अदालतको फैसलापछि उनको राजीनामा स्वीकृत गर्ने तयारी भन्दै इकागजले समाचार प्रकाशित गरेको थियो । आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै खरेलले राजीनामा दिने तयारी उनी निकट स्रोतले बताएको थियो । 

र, यो पनि

- महान्यायाधिवक्ता अग्‍नि खरेलले दिए राजीनामा


Author

थप समाचार
x