राजनीति

ओलीको स्वेच्छाचारीता अन्त्यका लागि निर्वाचन आवश्यक : कमल थापा

इकागज |
फागुन ११, २०७७ मंगलबार १४:४६ बजे

हेटौंडा :  राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्यका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनसम्बन्धि अस्पष्टता हटाउन सर्वोच्च अदालतले यसबारे थप व्याख्या दिनुपर्ने बताए । 
 
राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त निर्वाचन उपयुक्त हुने थापाको भनाइ थियो । 'अपवित्र गठवबन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन, काग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्‍नेछ,' थापाले भने । 

निषेधको राजनितिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्ने उनको भनाइ छ । थापाले बिगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भन्दै त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए ।


स्वाधिन ,सबल र समुन्‍नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने थापाको भनाइ छ । 


Author

थप समाचार
x