राजनीति

प्रधानमन्त्रीको प्रस्ताव आए भाग्दिनँ : देउवा

इकागज |
फागुन १९, २०७७ बुधबार १६:१६ बजे

फाइल तस्बिर

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्‍ने प्रस्ताव आएमा पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेसलाई पदको लोभ नभएको तर टाउकोमा जिम्मेवारी आएमा नभाग्‍ने बताएका हुन् ।  

‘मलाई र कंग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्‍न,’ देउवाले कार्यक्रममा भने, ‘काँधमा जिम्मेवारीबाट भाग्‍ने पक्षमा हामी छैनौं ।’


उनले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र दिन्छु भन्दै आएमा पार्टीलाई फाइदा हुने बताए । 


Author

थप समाचार
x