राजनीति

राजीनामा दिएर देशलाई बर्बादीतिर धकेल्दिनँ : प्रधानमन्त्री ओली

इकागज |
कात्तिक १९, २०७७ बुधबार १४:२९ बजे

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताए । 

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।  जनताको व्यापक समर्थन र आवश्यकताले आफू आएकोले  राजीनामा नदिने उनको भनाइ थियो ।


‘म यहाँ जालझेल गरेर वा मेरो रहरले आएको होइन । जनताको आवश्यकता र व्यापक समर्थनले आएको हुँ,’ ओलीले भने । ओलीले देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको भनदै आफ्नै पालामा कोभिड–१९ सँग जुधेर र गरिबीलाई जितेर  समृद्धि हासिल गर्ने दाबी गरे । 


Author

थप समाचार
x