राजनीति

प्रधानमन्त्री ओलीले लगाए कोभिड खोप

इकागज |
फागुन २३, २०७७ आइतबार ११:३ बजे

कोभिड खोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले खोप लगाएका हुन् । यस्तै आजै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले खोप लगाएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कोभिडविरुद्धको खोप लगाए । तस्बिर : गृहमन्त्रीको सचिवालय


योसँगै दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । 

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।


Author

थप समाचार
x