राजनीति

दाहाललाई संसदीय दलको नेता मान्‍न महासचिव गौतमद्वारा अस्वीकार

इकागज |
फागुन २३, २०७७ आइतबार १४:२९ बजे

काठमाडौँ : संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुषपकमल दाहाललाई संसदीय दलको नेता मान्‍न अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष दाहाल, माधवकुमार नेपालसहितका नेताहरू दलको नेता नयाँ चुनिएको जानकारी गराउन महासचिव डा. गौतमको कार्यकक्षमा पुगेका छन् । डा. गौतम भने दलको नेता स्वीकार गरेर दर्ता गर्ने कि नगर्ने भन्‍ने विषयमा कानुनी परामर्श गरिरहेका छन् । 

नेकपा दाहाल-नेपाल समूहका नेताहरू संसदीय दलको बैठकका निर्णय जानकारी गराउन महासचिवको कार्यकक्षमा पुगेका हुन् । सांसद्हरूले संसदीय दलको नेता नयाँ भएको सूचना दिइए पनि दर्ता  नगरेको आरोप लगाएका छन् । नेकपा दाहाल-नेपाल समूहकी नेतृ सांसदु अञ्‍जना बिसुङ्खे महासचिवले दर्ता नगरेको आरोप लगाइन् ।   



Author

थप समाचार
x