राजनीति

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नमान्‍ने

इकागज |
फागुन २३, २०७७ आइतबार १८:३ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावना र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएकाले आफूले नमान्‍न‍े बताएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले भनिन्, ‘सरकारले संसद्को भावनाविपरीत अध्यादेश ल्याएको छ । त्यो अध्यादेश नेपाली कांग्रेसले स्वीकार गर्दैन स्वीकार गर्दैन,’ भुसालले भनिन्, ‘संविधान र शक्ति पृथकिकरणविपरीत छ । कांग्रेस सरकारलाई अध्यादेश फिर्ता लिन आग्रह गर्दछ ।’
 
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र आदर्शविपरीत प्रतिनिधिसभा विघटन गरेको र त्यसलाई सर्वोच्च अदालतले बदर गरिदिएर ठिक गरेको बताइन् । उनले सर्वोच्चले संविधानको सर्वोच्चताको कदर गरेको पनि बताइन् । 


संसद्मा देखिएका समस्या संसद्बाटै समाधान गर्नुपर्छ भनने मान्यता कांग्रेसको रहेको पनि बताइन् । उनले सरकारलाई अध्यादेशबाट मुलुक चलाउनु पर्ने बाध्यता कहाँबाट आयो भन्‍ने प्रश्‍न पनि गरिन् ।
 


Author

थप समाचार
x