स्थानीय तहमा उम्मेद्वार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने : गगन थापा
उम्मेद्वार-छान्ने-जिम्मा
पोखरा–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन्।
शुक्रवार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् ।
उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानिय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
महामन्त्री थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाए । एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै अमेरिकामा रहेको तथा विदेशमा उपचार गर्ने गरेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया