राजनीति

आफ्नो प्रहरी नभएका कारण अपेक्षित अनुसार काम गर्न समस्या : मुख्यमन्त्री राउत

आफ्नो-प्रहरी-नभएको-कारण-अ

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

जनकपुरधाम- प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकार मानवअधिकारको मुद्दामा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण काम गर्न समस्या रहेको बताए।

 प्रदेश सरकारले सिमित श्रोत साधनमा मानवअधिकारको रक्षाका लागि स्थापना कालदेखि नै संवेदनशील भएर काम गर्दै आएको उनकाे भनाइ छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले निर्माण गरेको कानुनहरुमा मानव अधिकारलाई प्राथमिकतामा राखेको दाबी गर्दै प्रहरी प्रशासनको हस्तान्तरण भए लगत्तै मानव अधिकार उल्लंघनको घटना प्रदेश सरकार नियन्त्रणमा फड्को मार्ने बताए।

उनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्ने कुरामा हरेक व्यक्तिले ध्यान पुर्याए स्वतः मानवअधिकार रक्षाको सवालमा समाज ठूलो फड्को मार्नेछ विश्वास व्यक्त गरे।

मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्रमा उच्च अदालतका मुख्यन्यायाधिश विनोद शर्मा, नेपाल बार एशोसिएशनका राष्ट्रीय उपाध्यक्ष रामचन्द्र सिंह, मानवअधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष श्यामा साह , गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए।



Author

थप समाचार
x