राजनीति

नेपाल ट्रेड युनियन कांग्रेस ७६औँ वर्षमा प्रवेश

नेपाल-ट्रेड-युनियन-कांग्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

काठमाडौँ- नेपाल ट्रेड युनियन कांग्रेस ७६ औं वर्षमा प्रवेश गरेका छ । ७५ वर्ष अघि वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो ।

तत्कालीन कारखाना मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्याला वृद्धि, स्वस्थ कार्यस्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी कारखाना मालिक विरुद्ध नेपालमै पहिलो संगठित आन्दोलन छेडेका थिए ।

सोही मजदुर आन्दोलन नै नेपालको १०४ वर्षे निरंकुश राणा शासनलाई अन्त्य गर्ने आधार समेत बन्यो । नेपाल ट्रेड युनियन कांग्रेसले शनिबार स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको आयोजना गरेका छ ।

सो अवसरमा अध्यक्ष पुष्कर आचार्यले सात दशक लामो श्रमिक आन्दोलनको समिक्षा गर्दै अघि बढ्नु पर्ने बताउँदै श्रमजीवीका हक अधिकार, योगदानमा आधारित सामाजिक सुरक्षा एवं हरेक नीति निर्माण तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित हुनेगरी काम गर्नुपर्ने आवश्यकता रहेको विचार राखे ।

ट्रेड युनियन कांग्रेसको श्रमिक हक अधिकार स्थापित गर्न, सामाजिक सुरक्षा लागु गर्न, श्रमजीवीको हितमा ऎन कानुन निर्माण, सामाजिक एवं राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका रहदै आएको छ ।

कार्यक्रममा नेपालका विभिन्न ट्रेड युनियन महासंघका नेतृत्व, अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि, श्रम क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधि, उद्योग वाणिज्य र उद्योग परिसंघ लगायतको उपस्थिति रहेको थियो ।



Author

थप समाचार
x