बंगलादेश जाने तयारीसँगै राष्ट्रपतिले लगाइन कोभिडविरुद्धको खोप
फाइल तस्बिर
काठमाडौँ : विदेश भ्रमणमा विशेष रुचि राख्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ र राजनीतिक खिचातानीलाई वेवास्ता गर्दै मित्र मुलुक बंगलादेश जाने भएकी छन् । परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयको सहकार्यमा उक्त भ्रमणको तय भएको हो ।
परराष्ट्र अधिकारीहरू पनि लामो समयदेखि भ्रमण जान नपाएर अनिवार्य अवकाश हुने समयमा समेत क्वारेन्टाइन बस्न नपर्ने मुलुक निरिक्षण भ्रमणमा गएका उदाहरणबीच यो भ्रमण तय भएको हो । यतिबेला त बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी समेत रहेकाले भ्रमण तय गर्न सहज भएको हो ।
राष्ट्रपति भण्डारी ढाका जाने भएपछि कोभिड-१९ विरुद्धको खोप पनि लगाएकी छन् । उनले टिचिङ अस्पतालमा उक्त खोप लगाएकी हुन् । अन्तराष्ट्रिय यात्रा गर्नेहरुलाई खोप अनिवार्य गर्ने हुनाले पनि खोप लगाउने क्रेज बढेको छ । यसबीचमा पनि परराष्ट्रले खाडी राष्ट्रतर्फको भ्रमणको विषयमा राष्ट्रपति कार्यालयसँग छलफल गरिरहेको थियो । तर, अहिले बंगलादेशको निमन्त्राणा र परराष्ट्रको चाहले नै उक्त भ्रमण हुने भएको राष्ट्रपति निकट स्रोतले बतायो ।
कोभिड-१९ कै कारण एक वर्षदेखि विदेश भ्रमणमा खुम्चिन परेको राष्ट्रपतिलाई पनि यसले थोरै भए पनि राहत मिल्ने भएको छ । उनी अर्को साता अर्थात चैत ९ गते दूई दिने औपचारिक भ्रमणमा ढाका प्रस्थान गर्नेछिन् ।
उनको भ्रमण अझै मन्त्रिपरिषदले पारित गरिसकेको छैन । तयारी भैरहेको छ छिट्टै भ्रमणको घोषणा हुन्छ परराष्ट्रका एक अधिकारीले बताए । विदेश भ्रमणमा निकै चासो देखाउने गरेकाले परराष्ट्रले पनि त्यो अनुरुपको चाँजो मिलाएको हो ।
वर्तमान प्रधानमन्त्री शेख हसिनाको पिता हुन बंगलादेशको संस्थापक रहमान । राष्ट्रपिताको रूपमा चिनिने रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ । त्यही कार्यक्रममा सहभागि हुन उनी त्यसतर्फ जान लागेका हुन । उनको साथमा परराष्ट्र मन्त्री र अन्य उच्च अधिकारी पनि सहभागी हुने बताइए पनि अझै टुंगो भने लागि सकेको छैन् । यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया