राजनीति

महाअभियोग सिफारिस समिति गठन, एमाले पनि सहभागी

महाअभियोग-सिफारिस-समिति

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

काठमाडौँ – प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदको नाराबाजीबीच महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम वाचन गरेका थिए ।

महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल छन् । यस्तै कांग्रेसबाट मिन बहादुर विश्वकर्मा र रामबहादुर विष्ट छन् । यता, माओवादीबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीबाट एकवाल मियाँ र जनता समाजवादीबाट प्रमोद साह रहेका छन् ।



Author

थप समाचार
x