राजनीति

दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने

दलित-संघको-राष्ट्रिय-महा

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:६ बजे

बुटवल – लामो समयदेखि रोकिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ। नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मिन बिश्वकर्माले चैत ७ देखि रुपन्देहीमा महाधिवेशन हुने बताए ।

रुपन्देहीमा भेलाको आयोजना गरि महाधिवेशन तयारी समितिहरु गठन गरिएको छ । तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कंग्रेस केन्द्रीय सदस्य एबम दलित दलित संघका अध्यक्ष बिश्वकर्माले तोकिएको जिम्मेवारी समयमै पूरा गर्न जिम्मेबारी अनुशारको काम अघि बढाउन आग्रह गरे ।

पूर्व मन्त्री बिश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई बल पुग्ने गरी मात्र नभइ नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाईसमेत महाधिवेशनले गाउँ गाउँमा पुर्याउने बताए । दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन को सभापतित्वमा भएको भेललाले विभिन्न १ दर्जशन तयारी समितिहरु गठन गरेको मिडिया संयोजक फुलु सुनारले बताईन्।

सो अवसरमा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले अधिवेशन सफलताका लागि सहयोगको प्रतिवद्धता जनाएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए।



Author

थप समाचार
x