काम ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी : मन्त्री झाँक्री
काठमाडौं–शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छन्।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन्।
विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनौट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य शर्त भएको उनले बताइन्। निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाक्रीले कानूनमा भएका विभिन्न छिद्रहरुका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन् ।
मन्त्री झाँक्रीले कुनैपनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताइन् । आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया