उपचारमा धनी र गरिबका बीचमा हुने विभेद अन्त्य जरुरी : उपराष्ट्रपति पुन
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन् ।
धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरु पाएको भएपनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए । सबैले बिना भेदभाव सर्वसुलभ रुपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उनले बताए।
‘कुनैपनि रोगहरु त्यसले हुनेखाने व्यक्ति अथवा धनी, गरिब कुनै पनि रोगबाट कसैले उपचार पाउने, कसैले उपचार नपाउने जस्ता समस्याहरुको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘विभेदको अन्त्य हुनुपर्दछ, र, उपचारजस्तो कुराहरुमा सबैको हक समान हुनुपर्छ ।’
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरु प्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे । कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उहाँले नेपाल सरकारको ध्यानाकर्षण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया