गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध : बालकृष्ण खाँण
बुटवल - गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए । ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ । शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृहमन्त्री खाणले भने ।
उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए । एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया