राजनीति

ओलीले गरे आयोगले सार्वजनिक गरेको तालिकाप्रति आपत्ति

इकागज |
चैत ७, २०७८ सोमबार १४:१:१८ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाप्रति आपत्ति जनाएका छन्।

काठमाडौंमा सोमबार बसेको एमाले पोलिट्व्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने लगायतका आयोगको व्यवस्थाप्रति आपत्ति जनाएका हुन्। 


ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे । उनले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा आयोगले गठबन्धन दलसंग मात्र परामर्श लिएको आरोप लगाए।

त्यस्तै उनले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गरे। । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताए। उनले एमालेको सांसद सम्बन्धी मुद्धालाई प्रभावित पार्नका लागि सत्ता गठबन्धनले प्रधानन्यायधिशमाथि महाभियोगको प्रस्ताव अघि सारेको उल्लेख गरे।
 


Author

थप समाचार
x