मन्त्रिपरिषद् बैठक
प्रदेश १ मा थपिए तीन विदा, २१ जनालाई उपचारमा अनुदान
विराटनगर - बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले आगामी वर्ष २०७९ मा तीनवटा थप्ने निर्णय गरेको छ ।
संघीय सरकारको क्यालेण्डरमा नसमेटिएको भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते छठ पर्वको समापन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र प्रसाद घिमिरेले बताए ।
उनले संघीय सरकारको क्यालेण्डरबाहेक प्रदेश सरकारले थप ६ वटा बिदा दिन पाउने भन्दै सोही अधिकार प्रयोग गर्दै प्रदेश १ मा तीनवटा सार्वजनिक बिदा थपिएको बताए । मन्त्री घिमिरेले क्यान्सर, मेरुदण्डलगायत गम्भीर रोग लागि उपचारमा कठिनाई व्यहोरिरहेका २१ जनालाई प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको बताए ।
उनले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्तावका आधारमा उपचारका लागि अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।
त्यसैगरी प्रदेश १ सरकारको वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटतर्फ बजेट सीमा निर्धारण गर्ने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको उनले बताए । सरकारले कृषि मन्त्रालयको प्रस्तावका आधारमा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान (पहिलो संशोधन) नियमावली २०७८ लाई स्वीकृत गरेको छ ।
पर्यटन तथा संस्कृति मन्त्रालयले ल्याएको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री घिमिरेले बताए । सोही मन्त्रालयले तयार पारेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक २०७८ लाई सरकारको तर्फबाट प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया