राजनीति

यस्तो छ नेपाल–चीनबीच भएको ९ सम्झौता

इकागज |
चैत १२, २०७८ शनिबार १८:२७ बजे

काठमाडौं–नेपाल र चीन सरकारबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका बिषयमा समझदारी भएको छ ।


त्यस्तै नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाबिरुद्धको आवश्यक खोप प्रदान गर्ने लगाएतका बिषयमा पनि समझदारी भएको छ । त्यस्तै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परारष्ट्रमन्त्री खड्काबीच दुईपक्षीय सम्बन्धमा बिषयमा छलफल भएको थियो ।  विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार नेपाल आएको हो । 
 


Author

थप समाचार
x