देशको विकास र निकासका लागि कांग्रेसको जित आवश्यक : मन्त्री कार्की
सुनसरी - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली कांग्रेस जित्नु आवश्यक रहेको बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरे। देशमा कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो ।
पार्टीको १४औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर स्थानीय तहको निर्वाचनसहित तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन उनले सबैलाई आग्रह गरे । कांग्रेस विजयी भए मात्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायत काम हुने उनको भनाइ थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया