माधव नेपालकाे दाबी : सबै प्रदेशमा एमाले कमजोर
काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्वरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चिमसहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राखे ।
उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए । आन्दोलनका रक्षा गर्न, पार्टीको क्रान्तिकारी धारलाई तीखो बनाउनका लागि जनताले हौसला प्रदान गरेको उनको भनाइ छ।
उनले पार्टीको नीति र बिचारका साथ क्रियाशील हुन आग्रह गरे।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया