राजनीति

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

इकागज |
चैत १५, २०७८ मंगलबार १९:१७ बजे

तेह्रथुम - आगामी वैशाख ३० गते हुने निर्वाचनबका लागि तेह्रथुममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ । जिल्लामा कृयाशिल रहेको पाँच पार्टी गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्तिमार्फत मंगलबार सार्वजानिक गरेका छन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन । आशन्न स्थानिय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन भाग लिएर प्रतिगमन र त्यसको अबशेष शाक्तीको बिरुद्ध एक भएर उभिने जनअपेक्षा अनुसार गठबन्धन गरिएको विज्ञप्तिमा उल्लेख छ ।


केन्द्रमा गठबन्धन सहमति नभए पनि आफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरुको भनाइ छ । यसअघिको निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी रहने भएको छ । 


 


Author

थप समाचार
x