राजनीति

धनगढीमा हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न

इकागज |
चैत २६, २०७८ शनिबार १६:३४ बजे

कैलाली - ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हो।  शनिबार बिहानधनगढी स्थित रंगशालाबाट शुरु भएको प्रतियोगितामा गोपिचन्द्र पार्की प्रथम, मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन्। 

यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथम, विजय गुप्ता द्धितिय, बिरेन्द्र प्रसाद भट्टराई तृतीय भएका छन भने महिलातर्फ फुललमती राना प्रथम, सीता चौधरी द्धितिय, सलिना रानाभाट तृतीय भएकी छन्। 


खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ। 

यसैगरी कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो। जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिइएको छ ।


Author

थप समाचार
x