राजनीति

स्थानीय तह निर्वाचन तयारी समितिकाे बैठक सकियाे, के के भयाे निर्णय ?

इकागज |
चैत २७, २०७८ आइतबार २१:५८ बजे

काठमाडाैँ - स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँचदलीय गठबन्धनको तयारी र अनुगमन समितिको बैठक सकिएको छ । 

बैठकमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी समान्न कायम गर्दै सहकार्य गरी अगाडि बढ्ने गरी निर्णय भएको छ ।


त्यस्तै प्रदेश र जिल्लाले चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरी केन्द्रमा पठाउने निर्णय भएको छ । 

त्यसैगरी पाँच दलीय गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामायिक विषयमा संयुक्त अपिल जारी गर्ने निर्णय भएको छ ।


Author

थप समाचार
x