राजनीति

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश

इकागज |
चैत ३०, २०७८ बुधबार १७:४६ बजे

डडेल्धुरा -​ डडेल्धुराकाे अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्। 


उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन्। 

 


Author

थप समाचार
x