पोखरामा एमालेको मेयर चयन लम्बियो
पोखरा - नेकपा एमालेले पोखराको मेयर र उपमेयरका लागि बुधबार मतदानमार्फत उम्मेदवारको सिफारिस गर्ने भनिए पनि लम्बिएको छ । पोखरा महानगरमा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाम टिपाएकाहरुबीच सर्वसम्मतिको प्रयास गरिएको । तर कसैले पनि अरुलाई नस्विकार्दा सर्वसम्मतको प्रयास सकिएको हो ।
मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम संकलन भएको छ ।
त्यस्तैउपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दावेदार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया