राजनीति

प्राविधिकहरूलाई वडाअध्यक्षले हातपात गरेपछि कामकाज ठप्प

इकागज |
चैत ९, २०७७ सोमबार २१:४ बजे

बुटवल  : रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडा अध्यक्षले कर्मचारीलाई कुटपिटको विषयले तनाव सिर्जना भएको छ । गाउँपालिकामा सोमबार देखि अनिश्चितकालका लागी प्रशासनिक काम ठप्प पारिएको छ । जनप्रतिधिनिले मनोमानी तरिकाले कर्मचारीलाई गालीगलौज, अश्लिल शब्द र हातपात गरेको आरोप लगाउँदै मर्चवारी गाउँपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा सूचना जारी गर्दै अनिश्चितकालका लागी कार्यालय कामकाज ठप्प पारेर आन्दाेलित भएको‍ लेखा अधिकृत युवराज घिमिरेले जानकारी दिए ।

योजनाहरुको कार्य सम्पादन मूल्याङकन भन्दाबढि रकम भुक्तानी गर्न दबाब दिएको आरोप लगाउदै वडा न.३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नारायणबहादुर यादवले गाउँपालिकाको कार्यालयमा कार्यरत सव इन्जिनीयर प्रेम सागर पासवानलाई गालीगलौचसँगै हातपात गरेकाे आराेप लगाइएको छ ।  


कर्मचारीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका प्रवक्ता नारायणबहादुर यादवविरुद्ध किटानी जाहेरी दिएका छन् । विगत दिनमासमेत बारम्बार जनप्रतिनिधीहरुबाट यस्ता गतिविधी पटक पटक भइरहेको भन्दै मिति २०७७ चैत्र ८ गते कर्मचारीहरु बसेको आकस्मीक बैठकले सो निर्णय गरि सार्वजनिक गरेको हो । जनप्रतिनिधीद्धारा सो घटनाप्रति क्षमा याचना गरी भयरहित वातावरण सिर्जना नहुदाँसम्म कार्यालयका सम्पुर्ण काम अनिश्चितकाल लागी बन्द रहने लेखा अधिकृत घिमिरेले बताए ।

 वडा अध्यक्ष  यादवले आफूले कुनै पनि गालीगलौच,अश्लिल शब्दसहित गाली र हातपात नगरेको दाबी गरेका छन्  । योजनाका कामलाई सही तरिकाले मूल्याकङन गरी रकम भूक्तानी गर्न आग्रह गर्दा कर्मचारीहरुले रकम भूक्तानी गर्न आनाकानी गरेको भन्दै आफू झर्कीएको उनले स्वीकार गरे ।  


Author

थप समाचार
x