राजनीति

भीम रावलकाे प्रश्न : के सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

इकागज |
बैशाख १, २०७९ बिहीबार १५:४६ बजे

काठमाडाैँ – नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग स्थानीय तह निर्वाचनमा तालमेलकाे लागि गरिएकाे सम्झाैताप्रति आक्रोश व्यक्त गरेका छन्।

रावलले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न नभएकाले कसैलाई दिन नमिल्ने भन्दै आपत्ति जनाए। 


उनले ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिह्न दिन नमिल्ने जिकिर गरे। 

रावलले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र नेपाल परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

बुधबारमात्र एमालेले राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिन्हबाटै चुनाव लड्नकाे लागि सहमति गरेकाे थियाे ।


Author

थप समाचार
x