आज प्रतिनिधि सभा बैठक, के छ सम्भावित कार्यसूचीमा ?
काठमाडौँ : आज बस्ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया