के भयाे दाहाल, भट्टराई र यादवबीचकाे भेटवार्तामा ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतवार भेटवार्ता गरेका हुन्। आइतबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिन नेताबीच छलफल भएको हो ।
छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । आसन्न स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।
गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा(एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया