राजनीति

एकीकृत समाजवादीद्वारा बुटवल र तुलसीपुर उपमहानगरको उपमेयरमा दुई जनाकाे नाम सिफारिस

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १४:५६ बजे

बुटवल– नेकपा एकीकृत समाजवादीले बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादीको आज बसेको प्रदेश कमिटीको बैठकले  बुटवल र तुलसीपुर उपमहानगरमा क्रमशः चीनबहादुर गुरुङ र जोगबहादुर रानालाई उम्मेदवार सिफारिस गरेको छ । 


सम्बन्धित नगरबाट सर्वसम्मत सिफारिस भएर आएका दुवै जनाको नाम प्रदेशले केन्द्रलाई पठाएको छ । 

बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्वअध्यक्ष समेत हुन् । गुरुङ सरल र इमान्दार नेताका रुपमा परिचित छन् ।

तुल्सीपुरको उपमेयरमा सिफारिस राना तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पूर्वजिल्ला अध्यक्ष, एमाले पार्टीको जिल्ला सचिव,उपाध्यक्ष र अध्यक्ष भइसकेका व्यक्ति हुन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य जिल्ला इन्चार्ज छन् ।

लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो ।


Author

थप समाचार
x