राजनीति

काँग्रेस रुपन्देही २ का सभापति लम्सालले दिए राजीनामा

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १६:१९ बजे

बुटवल - नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । 

आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम  सिफारिस गरेको उनको आरोप छ। 


नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारिता, निष्ठा  र विधानको कुनै महत्व  रहेन छ भन्ने  निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका लम्साल  दुई कार्यकाल क्षेत्रीय  सभापति रहेका थिए । 


Author

थप समाचार
x