मध्यपुर थिमिका मेयर श्रेष्ठले दिए राजीनामा
काठमाडौं–मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्न पदमा रहेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेसँगै धमाधम राजीनामा दिन थालेका छन् ।
मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । यसपटक पनि उनले मेयर पदमै उम्मेदवारी दिने जानकारी दिएका छन् । राजीनामा दिदै उनले फेसबुकमा लेखेका छन्,‘मध्यपुर थिमिको नगर प्रमुख बाट विधिवत राजीनामा दिएको छु,’ उनले भने, ‘कार्यकाल अवधी भरि र ५ बर्ष सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया