राजनीति

रुपन्देहीको तिलोत्तमा विवेकशील साझामा मेयरमा डा केसी र उपमेयरमा गुरुङ उम्मेदवार

इकागज |
बैशाख ९, २०७९ शुक्रबार २१:४९ बजे

काठमाडौं – विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुन् । तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन् ।


डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध छन् । तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन् । साथै उनले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन् ।


Author

थप समाचार
x