राजनीति

महानगर–उपमहानगरका उम्मेदवार चयन गर्न कांग्रेस र एमालेले बोलाए बैठक

इकागज |
बैशाख १०, २०७९ शनिबार ११:१० बजे

काठमाडौं– सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार चयन गर्न बैठक बोलाएका छन् । 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  एमालेले पनि उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ ।


एमालेले अपरान्ह ३ बजे बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।

दलहरू आज देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने तयारीमा छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलिदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदैछ । 

उम्मेदवारको टुंगो लगाउन यसअघि एमालेको बिहीबार बैठक बसेको थियो। उक्त बैठकमा महानगर तथा उपमहानगरको टुंगा लाग्न नसकेपछि आजका पुनः बैठक डाकिएको हो।

यता कांग्रेसको शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि हिजोलाई तय भएको कार्यसम्पादन समितिको बैठक स्थगित भएको थियो। 
 


Author

थप समाचार
x