राजनीति

पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा

इकागज |
बैशाख १०, २०७९ शनिबार १४:३४ बजे

रसुवा - रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवारी दर्ता भोलि आईतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरुप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको उनीहरूले बताएका छन् ।


हालसम्म गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।

अन्य जनप्रतिनिधिहरूले समेत उम्मेदवारी दर्ता अघि नै राजीनामा दिने तयारी गरिरहेका छन् । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा छन् । जिल्लामा पाँच गाउँपालिकाअन्तर्गत २७ वडा छन् । 


Author

थप समाचार
x