राजनीति

जनप्रतिनिधिको भटाभटी राजीनामा, तर उम्मेदवारीको टुंगो छैन

इकागज |
बैशाख १०, २०७९ शनिबार १४:४६ बजे

बारेकोट(जाजरकोट) - सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्थानीय निर्वाचनमा कसले टिकट पाउल भनेर छलफल गरिरहेका छन् । कतिपय स्थानीय तहका जतप्रतिनिधिले भने फेरि पनि उम्मेदवार बन्न पदबाट राजीनामा समेत दिएका छन् । तर, गठबन्धनमा रहेका दलहरूबीच भागबण्डा नममिल्दा उम्मेदवारको टुंगो भने लागेको छैन ।  

सुरुमा व्यापक चुनावी तयारी थालेको गठबन्धनका दलहरू अहिले चुपचाप छन् । यता प्रतिपक्ष नेकपा एमाले र कांग्रेसकै केही जनप्रतिनिधिले भने पुनः उम्मेदवारी दिने भन्दै राजीनामा समेत दिन थालेका छन् । नेकपा एमालेका नेता तथा कार्यकताले भने चुनावी प्रचार अभियान आक्रमक बनाएका छन् । सबै पालिकामा उम्मेदवार टुंगो लगाइसकेका कारण एमालेका कार्यकर्ता चुनावी प्रचारमा लागेका हुन् ।


‘अहिलेसम्म कुनै जानकारी नहुँदा अन्योलमा परेका छौं ।’ बारेकोट गाउँँपालिका जाजरकोटका इन्चार्ज तिलक रावतले भने । कर्णाली प्रदेशका सबै ठाउँमा गठबन्धनको भागबण्डाका लागि सहमति जुटाउन नसक्दा अन्यौल बढेको हो ।

छलफल जारी रहेको तर निकाश भने ननिस्केको कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए । 

यस्तै, कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही, भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती र अन्य ६ वडाका वडाध्यक्षले राजीनामा दिएका छन् । एकै पालिकाबाट ६ जना उम्मेदवारको नामावाली पठाएपछि कर्णाली प्रदेशका नेताहरूलाई उम्मेदवार र क्षेत्रको टुंगो लगाउन थप मुस्किल परेको छ ।

प्रदेशबाट सबै कुरा टुंगो लगाउने भएपछि सबैको ध्यान प्रदेशतर्फ केन्द्रीत भएको छ । जिल्ला सदरमुकाममा हुने छलफल पनि पातलो भएका छन् ।
सम्भावित उम्मेदवारहरू टिकटका लागि भन्दै सदरमुकाममा आएर होटलमा बसिरहेका छन् । 
 


Author

थप समाचार
x